ताप्लेजुङ/जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र ताप्लेजुङको आयोजनामा फुङलिङ नगरपालिका वडा नं १० फुरुम्वुमा गाउँघर क्लिनिक सम्पन्न भएको छ ।
प्रत्येक महिनाको पहिलो शनिवार फुरुम्बुमा र तेस्रो शनिबार वडा नं ११ फावाखोलामा गाउँघर क्लिनिक सञ्चालन गर्ने कार्ययोजना अनुसार आज फुरुम्वुमा आयोजना गरिएको निमित्त कार्यालय प्रमुख योग कुमार महतोले जानकारी दिए । महतोका अनुसार शनिबार ७० जनाको स्वास्थ्य परिक्षण सहित उपचार गरिएको छ ।
४० जना पुरुष र ३० जना महिलाको स्वास्थ्य परिक्षण गरिएकोमा प्रायःको ग्याट्रिक्स तथा टन्सीलको समस्या भेटिएको निमित्त कार्यालय प्रमुख महतोले बताए ।
उनका अनुसार यस्तो कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार सञ्चालन गरिने छ । गाउँघर क्लिनीकको उद्घाटन आज नै गरिएको हो । उद्घाटन कार्यक्रममा फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई तारा, प्रमुख प्रशाशकिय अधिकृत श्रवण कुमार पोख्रेल, वडानं १० का वडाध्यक्ष गमबहादुर फुरुम्बाे लगायतको उपस्थिती रहेको थियो ।
साथै जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र ताप्लेजुङले प्रत्येक आईतबार सेक्ने कार्यक्रम समेत आयोजना गरेको जनाईएको छ ।