इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्ज टोलमा बीसीजी खोपका कारण एक महिने शिशुको ज्यान गएको छ ।

शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम खत्वेको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । शिशुलाई स्वास्थ्य चौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएको पीडितले जनाए ।

खोप लगाएको केही समयपछि बेहोस बनेका शिशुको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । शिशुको ज्यान गएपछि पीडित परिवारसहित आक्रोसित स्थानीयको भीडले स्वास्थ्य चौकीमा नाराजुलुस गर्दै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए ।

खोप लगाउने स्वास्थ्य स्वयम् सेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।