मेचीनगर/ विहान बेलुकाको दुई छाक धान्न मुस्किल गरिबको घरमा हरेक समय आर्थिक समस्या हुन्छ ।
दुःख ले छाक त टारेका हुन्छन् तर, बिरामी हुँदा औषर्धी उपचार गर्न अलिक मुस्किल हुन्छ । त्यो पनि सामन्य बिरामी हुँदा त ठिकै हो । जटिल बिराम लाग्यो भने अरुको आशा कि त मरणको मुखमा पुग्नु पर्छ ।
गरिबको घरमा अधिकार्ष समय अनेक मानिसका जीवनमा समस्याहरु बग्रेल्ती आउँछन् र छन् पनि ।समस्या सबैलाई हुन्छ तर सबैका समस्या फरक(फरक हुन्छन् । फरक-फरक समस्या भएपनि समस्याको एउटै सार हुन्छ त्यो हो ‘पीडा’ ।
समस्या समाधानमा ‘सामुहिक प्रयास’ कहिले काहिँ उत्तोलकको रुपमा देखिन सक्छ । सामुहिक प्रयासलाई उत्तोलक बनाउने हो भने समस्यामा परेकाले नयाँ जीवन पाउँछन् । झापाको बुद्धशान्ति-३ धाइजन चोकबाट थोरै उत्तरमा पर्ने चौधरी परिवारमा एउटा यस्तै ठूलो समस्या आएको छ ।
कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको चौधरी परिवारले परिवारमा देखिएको समस्या समाधान गर्न सक्ने अवस्था नै छैन । यतिबेला ‘सामुहिक प्रयास’ उत्तोलक बन्नुपर्ने अवस्था सृजना भएको छ, त्यो चौधरी परिवारको समस्या हल गर्न ।
अरुण चौधरी र मञ्जु चौधरीको १५ वर्षीय छोरा आशिष चौधरीको दुबै मृगौलाले काम गर्न छाडिसकेको छ । जुनसुकै हालतमा उनको मृगौला फेर्नुपर्ने डाक्टरले सुझाव दिएका छन् । मृगौला फेर्न सकिएन भने १५ वर्षीय बालक आशिष बाँच्न सक्ने अवस्था धेरै कम छ ।
डाक्टरले आषिशको दुबै मृगौलाले काम गर्न छाडेको हुँदा तत्काल मृगौला फेर्नु पर्ने भनेपछि त्यो परिवारको हाँसो खुसी सबै आशुँमा परिणत भएको छ । सन्तानको उज्ज्वल भविश्यको सपना बोकेर बिदेशीएका आशिषका बुबा छोरामा देखिएको स्वास्थ्य समस्याको खबरले स्वदेश फर्किए । तर थप उपचारका लागि उनी पूर्न बिदेशीएका छन् ।
कमजोर आर्थिक अवस्थाले रुमलिएको परिवारमा ‘आषिशको दैनिक उपचार गरिरहनु परेको छ’-‘डाक्टरले मृगौला फेर्नु भनेको छ, जसोतसो खर्च जुटाएर अहिलेसम्म उपचार गर्यौ तर अब थप उपचार गर्ने एक रुपैंया पनि छैन, ठूलो समस्यामा परेका छौं हजुर ।’ आषिशका आमा मञ्जु गहभरी आशुँ पारेर पीडा पोख्छीन् ।
उनी भन्छिन् ‘डाक्टरलाई मेरो मृगौला छोरालाई दिन मिल्छ भनेर जाँच गर्दा मिल्छ भनेको छ, छोराको दीर्घजीवनका लागि म मेरो मृगौला दिन तयार छु, तर मृगौला फेर्न १५ लाख बढी चाहिन्छ भनेको छ, कहाँबाट ल्याउनु त्यतिका रकम ।
मृगौला पीडित आशिष भन्छन् ‘जीवनको मुल्य थाहा पाएँ, मलाई बचाउनुस् म बाँच्न चाहन्छु, विन्ती ।’ ठूलो भएर देशका लागि केहीँ गर्ने सोचमा छु । तर जिवनमा यो अवस्थामै मलाई बिराम लाग्यो ।
मेचीनगर १२ मा रहेको दुर्गा अंग्रेजी माविमा कक्षा १० मा अध्ययनरत् आशिष पढाईमा पनि अब्बल रहको सो विद्यालयका प्रिन्सिपल भोजबहादुर कार्कीले बताए । उनको नयाँ जीवनका लागि प्रिन्सिपल कार्कीले पनि सबैसँग सहयोगका लागि अनुरोध गरेका छन् ।
उता बिरामी १५ वर्षीय आशिषले म बाँच्न चाहन्छु, बाँचेर परिवार र समाजको सहारा बन्न चाहन्छु भन्दै आफूलाई बचाईदिन सबैसँग अनुरोध गरेका छन् ।
आशिष बचाउ अभियानका लागि ग्लोवल आईएमई बैंकको खाता नम्बर ७७०१०१००००२१९ मार्फत रकम संकलन गरिरहेको सचिव आचार्यले जनाएका छन् । आचार्यले आशिषको अवस्थाबारे परिवारसँगै सम्पर्क गरेर पनि गर्न सकिने जनाएका छन् ।
साथै आमा मञ्जु ९८१६०१५६१४० लाई सम्पर्क गर्न सकिने पनि जनाएका छन् ।