मोरङ / विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गरि बुबाको हत्या गरेको छ ।

विराटनगर– १७ का २२ बर्षका चुनु मण्डलले घरायसी विवादमा छुरा प्रहार गरि बा शशी मण्डलको हत्या गरेका हुन । चुनुकै छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्‍याइएको थियो । उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

बिहीबार शशी मण्डल, जेठी श्रीमतीको आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच घरायसी विवाद भएको थियो । विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चुनुले छुरा प्रहार गरेका प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका आकाश मण्डलको नोबेल मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बुबा र दाजुलाई छुरा प्रहार गरी फरार भएका मण्डललाई प्रहरीले नेपाल भारतको सीमा क्षेत्रबाट आज बिहान नियन्त्रणमा लिएको छ । उनललाई जोगवनीबाट नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले घट्नाको अनुसन्धान थालेको छ ।