विराटनगर/सर्खुेतको विरेन्द्रनगर घण्टाघरमा केन्द्रीय कार्यालय रहेको कर्णाली एग्रिकल्चर डेभलपमेण्ट नेपालको क्षेत्रिय र शाखा प्रमुखले गाउँभरीको कृषकको पैसाँ उठाएर सम्पर्कविहीन भएका छन् ।

उक्त एग्रिकल्चरको धरानको पानवारी स्थित क्षत्रिय प्रमुख रहेका एंकम शर्मा वली र विराटनगर–४ कन्चनबारी स्थित शाखा कार्यालयका प्रमुख रंगप्रसाद देवकोटा जिल्लाभरीबाट जम्मा भएको कृषकको पैसाँ लिएर फरार भएका हुन् । मोरङको १७ स्थानिय तहमध्धे १४ वटा स्थानिय तहमा सामाजिक परिचालकमा कर्मचारी नियुक्ति गरि गाउँभरीका कृषकहरूबाट कर्मचारीले उठाएर जम्मा गर्न शाखा कार्यालयमा राखिएको पैसाँ लिएर शाखा प्रमुख देवकोटा र क्षेत्रिय प्रमुख वली भागेका हुन् ।

कर्मचारीको रुपमा नियुक्ति पाएका उनीहरुले गाउँका कृषकबाट संकलन गरेको रकम बुझेको शाखा कार्यालय विराटनगर भने अहिले बन्द अवस्थामा छ । तीन महिनामा तीन पटक शाखा कार्यालय सारर्दै आएका देवकोटाले घरभाडा समेत नदिएर फरार भएको बताइएको छ । 

यता कर्णाली एग्रिकल्चर डेभलपमेण्ड नेपालका अध्यक्ष लालमणि दवकोटाले भने आफू बाहिर रहेकाले तत्काल व्यवहार मिनलाउन दाबी गरेका छन् ।

तलब माग्दै श्रममा उजुरी

काम गरेवापतको तीन महिनादेखी कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालले १४ जना कर्मचारीको पारिश्रमिक नदिएपछि श्रम कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।

कर्मचारी नियुक्त गरी तीन महिनासम्म तलब भुक्तानी नगरी रोजगारदाता सम्पर्कबिहीन भएपछि तलबको माग्दै श्रममा उजुरी दिएका हुन् ।  ‘काम सुरू गरेको तीन महिना भयो भयो,’ मोरङको कटहरी गाउँपालिका कार्यक्षेत्र बनाएर काम गरेका गजेन्द्रकुमार राम भने, ‘ तलब माग्दा दिंदैनन । शाखाका प्रमुख कार्यालय गरेर सम्पर्क विहीन भएका छन् ।’