धरान/ धरानमा पनि १५ औँ शहरी महिला स्वास्थ्य स्वयं सेविका दिवस सम्पन्न भएको छ ।
दिवसको अवसरमा बुधबार भएको 'महिला स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्व राष्ट्र निमार्ण टेवा' भन्ने नाराको साथ अन्तरकृया कार्यक्रम गरिएको थियो ।
धरान उपमहानगरपालिकाका कार्यबाहक मेयर मन्जु भण्डारीको प्रमुख आथित्यमा भएको कार्यक्रममा महिला स्वयं सेविकाको भुमिका र परिवार नियोजन सम्बन्धी अन्तरकृया धरान उपमहानगरपालिको स्वास्थ्य शाखाका प्रमुख घनस्याम सिक्देलले सहजीकरण गरेका थिए ।
महिला स्वास्थ्य स्वयं सेवि धरान नगर संघका अध्यक्ष आशा राईको सभाध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष आशा मोक्तान, महिला सञ्जाल धरानका संस्थापक अध्यक्ष गंगा बराल लगायतको उपश्थिती रहेको संस्थाका कोषाध्यक्ष हेलिना मगरले जानकारी दिइन् ।
उपमहानगरपालिकाका १ सय ४१ जना स्वयं सेविकाहरुको उपश्थिती रहेको थियो भने कार्यक्रम संस्थाका सचिव विजयकला राईले सञ्चालन गरेकी थिइन् ।