सिरहा/सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म एम्बुलेन्स नभएपछि स्थानीय निराश बनेका छन् ।
स्थानीय सरकार गठन भए पनि एम्बुलेन्सजस्तो अति आवश्यकीय सामग्री नभएपछि स्थानीय निरास बनेका हुन् । लक्ष्मीपुर पतारी गाँउपालिकामा कुल जनसंख्या ३६ हजार ९ सय १३ रहेको छ । ६ वटा वडा रहेका छन् । तर, एम्बुलेन्स सेवा नरहेको स्थानीय बताउँछन् ।
प्रशुती तथा अन्य बिरामी हुँदा अस्पताल पुर्याउने साधनको अभाव रहेको स्थानीय अनिल चौधरीले बताए । ‘गाँउपालिकाले आफ्नो लागि गाडी किन्यो । तर, एम्बुलेन्स खरीद गरेका छैन’ उनले भने । लक्ष्मीपुरपतारी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतोले एम्बुलेन्सका लागि केन्द्रमा पत्राचार गरेको बताए ।
उनले सबै सरोकारवाला पक्षसँग छलफलमा जुटेको बताए ।