दमक/ झापाको दमकले हरित नगर समृद्ध नगर भनेर अभियान चलाईरहेको छ । यस अभियान अन्तर्गत नगरका हरेक टोल टोलमा बृक्षारोपण गरि हरियाली बनाउने नगरको लक्ष्य छ ।

जसका लागि नगरले २ करोडको लगानीमा दमक ३ मा नर्सरीनै लगाएको पनि छ । सो नर्ससरीमा उत्पादन भएका बिरुवाले नगर हरियाली हुने नगर श्रोतले जनाएको छ । तर नगरको यो अभियानलाई थप सहयोग गर्न नगरभित्र रहेका बिभिन्न सघं सस्थाहरुले पनि साथ दिइ रहेका छन् ।

बिहिबार दमकमा रहेको गोल्डेन बचत तथा ऋण सहकारी सस्थाले विरुवा सहित ४० वटा गमला बितरण गरेको छ । दमक ६ मा रहेको महाविर टोल बिकास समितीलाई सस्थाले धुपीका बिरुवा सहित गमला बितरण गरेको हो ।

वडा नं ६ को समन्वयमा गमला बितरण गरिएको सस्थाका अध्यक्ष अध्यक्ष गजेन्द्र निरौलाले बताए । कार्यक्रममा नगरले चलाएको अभियानमा दमक उद्योग बाणिज्य सघले समेत साथ दिने संघका अध्यक्ष राजेन्द्र ढकालले बताए । यस अघि पनि सघंले नगरको चोक तथा बजारका सडक पेटीमा राख्नका लागि एक सय वटा विरुवा सहितका गमला नगरलाई हस्तान्तरण गरिसकेको अध्यक्ष ढकालले बताए ।

दमकको मुख्य बजार क्षेत्र रहेको वडा नं ६ का केहि ठाउँमा अव गमला राख्न बाँकी रहेको र अधिकांशस सडकका पेटीमा गमला राखीसकिएको वडाध्यक्ष टेक बहादुर थापाले बताए । वडाले नगरको हरित नगर समृद्ध नगर अभियानको सफलताका लागि ५ लाख बजेट बिनियोजन गरिएको वडाध्यक्ष थापाले जनाएका छन् ।