दमक/जनप्रतिनिधिबीच विवादका कारण झापाको गौरादह नगरपालिकाका मेयरले बैठक छाडेपछि उपमेयरको अध्यक्षतामा बसेको बैठकले चारवटा कार्यविधि पारित गरेको छ ।

बिहीबार बसेको बैठकले चारवटा कार्यविधि पास गर्ने प्रस्ताव गरेको हो । बैठकमा नगर प्रमुख रोहितकुमार साह एजेण्डामा छलफल नगरी तत्काल पारित गर्न नसक्ने अडान राखेपछि जनप्रतिनिधिबीच विवाद उत्पन्न भएको थियो ।

विवादपछि प्रमुख साहले बैठक स्थगन गर्दै बाहिरिएपछि बहुमतले उपप्रमुखको अध्यक्षतामा पुनः बैठक बस्दै निर्णय पारित गरेको हो । उपमेयरसहित बहुमत कार्यपालिका सदस्यहरू प्रमुखले नगरपालिकालाई बन्धक बनाउने प्रयास गर्न पाइन्न भन्दै प्रमुख साहलाई दवाव दिएपछि बाहिरिएका थिए ।

दबाव पछि बैठकबाट प्रमुख साह बाहिरिएको उपमेयर गीता भेट्वालले बताइन् । उपप्रमुखको अध्यक्षतामा बसेको बैठकले चार वटा कार्यविधि पारित गरेको नगरपालिकाका प्रवत्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।

यसरी पारित गरिएका कार्यविधिको विषयमा नगरपालिकाले पत्रकार सम्मेलन गरी साँझ सार्वजनिक गरेको छ । नगरपालिकामा प्रमुखले लामो समयदेखि प्रमाणित ऐन तथा कार्यविधि प्रमाणीकरण नगर्दा राजपत्र प्रकाशन गर्न सकिएन ।

ऐन कै अभावका कार्यपालिका बन्धक बन्नु परेको छ । यस कारण सहमतिबाट मात्र काम अघि नबढ्ने भएपछि कार्यपालिकाको बहुमतको निर्णयबाट कार्यबिधि पारित गरिएको उपमेयर भेट्वालको भनाइ छ ।
उनका अनुसार कार्यपालिकाको बैठक सञ्चालनसम्बन्धी कार्यविधि, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि साथै नगरपालिकाका पदाधिकारी आचारसंहिता कार्यविधि रपारित गरेको हो ।

गौरादह कार्यपालिकाले गत भदौंमा नै ६ वटा ऐन र ७ वटा कार्यविधि पारित गरिएको थियो । प्रमाणीकरण नहुँदा हालसम्म राजपत्र प्रकाशन हुन सकेको छैन ।