उदयपुर/उदयपुरको उदयपुर सिमेन्ट उद्योगले प्रदुर्षणलाई नियन्त्रण गरेको छ ।  उद्योगबाट उत्पादित सिमेन्टको धुवाधुलोले स्थानीय प्रभावित बनेको जनगुनासोको आधारमा उद्योगले प्रदुर्षण नियन्त्रण गर्दै उत्पादन थालेको हो ।

धुवाँँधुलोले स्थानीय प्रभावित बनेपछि प्रदुर्षण नियन्त्रण गर्ने मेसिन जडान गरी उत्पादन थालेको उद्योग सञ्चालक समितिको अध्यक्ष अकुर खड्काले बताए । उद्योगले मुख्यगरी धुँवा फाल्ने टावरमा बिग्रेको वाटर स्प्रे सिस्टमलाई मर्मत गरेको छ । धुलो धुँवा नियन्त्रण गर्नका लागि ‘इलेक्ट्रोस्टेटिक प्रेस्पीटेटर’ ३ ओटा च्याम्बर मध्ये १ वटा १५ वर्षदेखि बिग्रेर थन्किएको मेसिनलाई पनि मर्मत गरी सञ्चालनमा ल्याएको खड्काले बताए ।

मर्मतपछि मेसिनकबाट बाहिरिने तातो हावासँगै उड्ने धुलो र धुँवा टावर भित्रै झारेर स्वच्छ हावा बाहिर फाल्ने गरेको छ । यस धुलो, धुँवा फाल्ने विभिन्न मेसिन तथा पाईपहरु र तीनका जडानमा मर्मत गरी नियन्त्रण गरिएको उदयपुर सिमेन्ट उद्योग सञ्चालक समितिको महा-प्रवन्धक सुरेन्द्रकुमार पौडेलले बताए ।

उद्योगले राम्रो उत्पादन गर्ने र स्थानीय सर्बसाधारणको स्वस्थ्य प्रति अति सम्बेदनशीलता अपनाउनु पर्ने भएकोले सुधारको प्रयास गरे पश्चात सफलता पनि मिलेको पौडेलले बताए । यसबाट सबैभन्दा बढि स्थानीयबासीलाई राहत मिलेको छ ।

पहिले पहिले धुलो धुँवाका कारण मानवीय स्वास्थ्य, बालीनाली, पशुपालनमा असर भोगेका स्थानियबासीहरु उद्योगबाट धुलो धुँवा उड्न छाडेपछि खुसी भएको स्थानिय दिपक राईले बताए ।