उदयपुर/पहाडी भेगको दोस्रो म’ख्य बालीको रुपमा चिनिने कोदो प्रयाप्त वर्षात नह’दा उत्पादनमा कमी आउने भएको छ ।

उदयपुरको अधिकांश पहाडी भेगका पाखो बारीमा रोपीने कोदो गत वर्षहरुको तुलनामा उत्पादनमा कमी आएको हो ।  तराईका धानको साटो रोपीने कोदो वर्षातको कारण कम उत्पादन हुने भएको छ ।

पहाडी भेगको मुख्य बाली मकै पछिको दोस्रो बाली भेनर चिनिने कोदो छिटै मनसुन सकिएकोले दाना नलागी सुक्ने गरेको किसान रामजी तामाङले बताए ।  उच्च पहाडी भेग (लेक) तिर जेष्ठबाट रोप्न सुरु गरिने कोदो बेसि तिर भने भदौ सम्म रोप्ने गरिन्छ ।

तराईको पहेला धानको बाला बिर्साउने कादो कात्तिक देखि टिप्न सुरु गरिन्छ । तर यस वर्ष मानसुन छिटै काटिएकोेले सुक्खा पाखो बारीहरुमा कोदोको बालामा दाना भरिन नपाई मर्न सुरु गरेको तामाङले बताए ।

जुन सुकै रोगीले पनि सेवन गर्न सकिन्छ । जिल्लाको पहाडी गाउँपालिका रौतामाई, लिम्चुङबुङ,ताप्ली र उदयपुरगढीको केहि भाग तथा नगरपालिकाहरुको पहाडी भेगमा कोदोको खेति लगाईने गरिन्छ ।

विकट पहाडी गाउँघरका बासिन्दाहरुले कोदोको खाना खाजाको रुपमा प्रयोग गर्ने गरेका छन् । अधिकांश मानिसहरुले कोदोका पिठोको ढिडो र रोटी बनाएर छाक टार्दै आएका छन् । तर केहि जात जातिले भने कोदोको जाड समेत बनाएर खाने गरेको पाईन्छ ।

कोदोमा कुनै रासयनीक मल प्रयोग नगर्ने र गाई बस्तुको गोठेल मल मात्र प्रयोग गर्दै आएको तामाङले बताए । उनले भने मकैको भात र कादोको ढिडो र रोटी बनाई खाना र खाजा खान्थ्यौँ । तर यसपालि भने पानी नपर्नाले केहि सुक्यो, कुनै दाना भरिन पाएन चामल किनेर खानु पर्ने बाध्यता आउने भो पैसा काहाबाट जुटाउँने तामाङले बताए ।

मधेशमा झुल्ने पहेला धानका बालाको साटो पहाडी भेगहरुमा कोदोको बाला झप्किने गर्दछ । तर यस वर्ष भने छिटै वर्षात काटिनाले अधिकांश कोदोको दाना चिम्सो र भुस मात्र भएको किसानहरु बताउछन् ।

पहाडी भेगको पाखो बारीमा लगाईने दुई बालि मध्य कोदो पनि एक मुख्य बालिको रुपमा परिचित छ । मुख्य बालिको रुपमा मकैलाई लिने गरिन्छ भने दोस्रो बाली कादो नै हो । कादोको जाड, रक्सि पनि बनाउने गरिन्छ भने अत्याधिक मात्रामा खाना खाजा नै खाने गरेको भिम बहादुर तामाङले बताए ।

तराईको धान थन्क्याउन’ सँगै गाउँघरमा कोदो टिप्नुको चटारो पनि उतिकै छ । तर उत्पादनमा कमि आउने भएपछि किसानहरु भने चिन्चित भएका छन् । खाना खाजा खाने कादोको दाना नलागी बोट सुकेर सेतो भएपछि खाद्यनमा कमी आउने भएको तामाङले बताए ।