ताप्लेजुङ/ ताप्लेजुङको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रथम मानाभरा महोत्सव सञ्चालन गरिने भएको छ ।

आगामी पौष १ गतेदेखि ७ गते सम्म मानाभरा महोत्सव हुने भएको हो । महोत्सवको अवशरमा मानाभारा युथ स्पोर्टिङ क्लबले खेलकुद लगायतका कार्यक्रम आयोजना गर्ने जनाएको छ । महोत्सवमा पुरुष, महिला फुटबल, पुरुष भलिबल लगायतका खेलकुद प्रतियोगिता सञ्चालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो ।

महोत्सवका कार्यक्रम फक्ताङल’ङ गाउँपालिका-२ खेजेनिमको आहालेटारमा सञ्चालन हुनेछन् ।

मानाभरा, वाग्मा पोखरी, विश्व किराँत लिम्ब’हरुको शिर उठाउने स्थल खाम्बुलिङहाङ्साम नाहाङ्मायक मन्दिर, जिन्दाक छ्योसाङ गुम्बा जिल्लाका धार्मिक पर्यटकिय क्षेत्र हुन् । यि क्षेत्रहरु पर्यटन प्रर्वद्धनका हिसाबले अब्बल मानिए पनि प्रचार-प्रसार हुन नसक्दा भने ओझेलमा छन् ।

यिनै क्षेत्रको प्रचार-प्रसार र भौतिक पूर्वाधारको विकासमा सबैको ध्यानाकर्षण गराउने उद्धेश्यले समेत महोत्सब गर्न लागिएको आयोजकको भनाई छ ।