विराटनगर / प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा फार्मेसीले खुल्लेआम नेपाल औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी विक्री वितरण गर्ने गरेको पाइएको छ । विभागमा दर्ता भएको औषधी मात्र फार्मेसीहरूले विक्री गर्न पाउने कानुनी प्रावधन विपरित गैरैकानुनी रुपमा संचालन भईरहेको पाइएको छ ।
दर्ता बेगारको त्यो पनि खुल्ला सिमाको फाइदा उठाउँदै भारतबाट अवैध रुपमा भित्राएको औषधी विक्री गर्ने विराटनगर ८ देवकोटा चौक दक्षिणमा रहेको देवीप्रसाद दुलालले संचालन गर्ने ‘देवी माँ पाथिभरा फर्मा’ मा औषधी व्यवस्था विभाग विराटनगरले आज शिलबन्धी गरेको छ ।
औषधि ब्यवस्था विभाग विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पसलमा भण्डार गरी राखिएको ‘सेन्सियल प्लस ट्याब्लेट’ लेखिएको औषधी बरामद गरेपछि थप अनुसन्धानको लागि विभागले मंगलबार शिलबन्धी गरेको नेपाल औषधी व्यवस्था विगभा विराटनगरको निमिक्त प्रमुख आशा थापाले बताइन् । ‘
उक्त पसलबाट ६६ बट्टा भएको र ४४ बट्टा भएको १ कार्टुन विभागमा दर्ता नभएको औषधी बरामद गरेको विभागले जनाएको छ । बरामद गरेको सबै औषधी विभागमा दर्ता छैन । भारतमा सस्तोमा पाइने भएकोले यहाँ ल्याएर विरामीहरूलाई महङ्गोमा विक्री गर्ने गरेको स्रोतले बताए । प्रमुख थापाको अनुसार एक महिनासम्म औषधी पसललाई शिलबन्धी गरि अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताइन् । विभागले पसलका संचालक खतिवडालाई समेत अनुन्धानको लागि तारेखमा विभागको विराटनगर कार्यालय बोलाउने गरेको कार्यालय प्रमुख थापाले बताइन् ।