नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंसाक कोइरालाले वर्तमान सरकार दुई तिहाइको दम्भले अराजक भएको आरोप लगाएका छन् । सरकारको चौतर्फी अराजक शैलीले गर्दा देशमा दण्डहिनता बढेकाे उनको धारणा छ ।

झापाको दमकमा सोमबार साँझ पत्रकारहरुसँग कुराकानी गर्नु हुदै उहाँले वर्तमान सरकारको नौ महिने अवधिबाट जनतामा आशा भन्दा निराश हुनुपरेको बताएका हुन । दुई तिहाईको जनमतबाट बनेको सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको उनको आरोप छ ।

वर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा अघि बढे् कांग्रेसले साथ र सहयोग दिने भन्नुहुदै महामन्त्री कोइरालाले भने , ‘कम्यूनिष्ट सरकारको दम्भले जनताको अपेक्षा पूरा होलान भन्ने आश गर्न सकिने आधारहरु देखिन्न् ।’ सरकारलाई जनादेश अनुसार अगाडी बढ्नका लागि कांग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गरिआएको उनले जानकारी दिए ।

कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको जोड दिँदै उनले कांग्रेस एक ढिक्का भए मात्र देश बलियो हुने समेत औल्याए । उनले कांग्रेस व्यक्तिवादी गुटगत स्वार्थले फसेको चर्चा गर्नु हुदै अब त्यसलाई चिरेर युवाहरु नेतृत्व तहमा स्थापित हुनुपर्छ भने ।

यसअघि सोमबारनै दमकमा नै नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका स्थानीय नेतृत्वहरुले वर्तमान सरकार असफल भएको औल्याउनुहुदै कांग्रेसले शसक्त प्रतिपक्षको भूमिका अडिक रहन स’झाव दिएको थियो ।

कार्यक्रममा संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बा, महासमिति सदस्यहरु डा.खगेन्द्रपाण्डव अधिकारी,शुरेस सुब्बा, अनिलकृष्ण प्रसाई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीलगायतले बोलेका थिए ।