बरगाछी/ पूर्वाञ्चल बागिना कला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको मिस स्टेट २०१८ र पूर्वाञ्चल सिङ्गिङ स्टारको फाइनल नजिकिदै छ ।

आउदो शनिबार धरानको सभागृहमा हुने मिस स्टेट २०१८ का सहभागीहरु अन्तिम चरणको प्रतिस्पर्धाका लागि पुर्ण तयारी अवस्थामा रहेको पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक भक्तिराज राईले बताए ।

मिस स्टेटमा प्रदेश नं. १ का विभिन्न जिल्लाका १३ जना सुन्दरीहरु बिच प्रतिस्पर्धा हुनेछ ।

मिस स्टेटका सहभागीहरुलाई विभिन्न प्रशिक्षणहरु दिई प्रतिस्पर्धाका लागि तयारी गरिएको छ । जसमध्ये उद्घोषण कला सम्बन्धी सञ्चारकर्मी तीर्थ कार्कीले प्रशिक्षण दिइका थिए । यसैगरी महिला सशक्तीकरण सम्बन्धी जानकारी महिला संजाल धरानकी अध्यक्ष सविता राईले दिएकी थिइन् ।

सौन्दर्यकला सम्बन्धी इमी मेकअप स्टुडियो धरान र फोटो सुटसम्बन्धी ज्ञान पनि दिइएको अध्यक्ष राईले बताए ।

प्रतिस्पर्धीहरुले सरस्वती बाल आश्रम धरानका बालबालिकाहरुसँग रमाइलो गर्दै खाद्यान्न समेत वितरण गरी सामाजिक कृयाकलापमा सरिक भएका छन् ।

सहभागीलाई होम स्टे र अर्गानिक खानपानको शैलीबारे एक दिने नाम्जे भ्रमण, वराह ज्वलरी इन्डष्टिज प्रालि धरान र बुढासुब्बा फुटसल धरानको अवलोकन, ग्रिन टीसम्बन्धी लगायत जानकारी  गराइएको थियो ।

मिस स्टेट १ का अन्तिम प्रतिस्पर्धाकी प्रथम विजताले क्राउन, सुजुकी स्कुटर एक थान र २ वटा म्युजिक भिडियोमा अभियन गर्ने अवसर प्राप्त गर्ने छिन् । त्यसैगरि दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार र २५ हजार साथमा क्राउन हात पार्नेछन् र अन्य विभिन्न सप टाइटल विजेता समेत घोषणा गरिने अध्यक्ष राईले बताए ।

त्यसै बिच झन्डै ९ सयको हाराहारीमा सहभागी भएका पुर्वाण्चल सिङ्गिङ स्टार सिजन ६ मा ओखलढुङ्गा, भोजपुर, खोटाङ,सङ्खुवासभा, उदयपुर, तेह्रथुम र सुनसरीका छन् ।