ओखलढुंगा / सुकाएर राखेको विषालु च्याउ खाँदा ओखलढुंगामा एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय ग्यालु शेर्पाकी ४ वर्षीया छोरी निमायाङ्जी शेर्पा रहेको प्रहरीले जनाएको छ ।

सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी शेर्पाको सोमबार मृत्यु भएको प्रहरी निरीक्षक राजिप श्रेष्ठले बताए । विशालु च्याउ खाँदा अन्य ४ जना गम्भीर बिरामी परेको प्रहरीले जानकारी दिउको छ ।
प्रहरीका अनुसार बर्खामा जंगलबाट ल्याएर सुकाइएको च्याउ शेर्पा परिवारले पोलेर खाएका थिए । च्याउ २८ वर्षीय ग्यालु शेर्पा, उनकी श्रीमती ३० वर्षीय लकी शेर्पा, छोरा ७ वर्षीय पासाङ शेर्पा भतिजी ७ वर्षीय पोसी शेर्पाले खाएका थिए । उनीरु पनि विमारी परेका छन् । बिरामीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।