जिरोपोइन्ट/ धरान–४ भर्लेनी युवा क्लबले देउसीभैलो खेलेर सङ्कलित रकममध्ये केही रकम अपाङ्ग बालकको उपचारका लागि सहयोग गरेका छन् ।

क्लबले सोही ठाउँका अपाङ्ग बालक डेनियल मगरलाई उपचारका लागि १५ हजार ५ रूपैयाँ सहयोग गरेको हो ।

क्लबले डेनियलका अभिभावकलाई रकम हस्तान्तरण गरेको थियो । ती बालक हिड्न, बस्न, बोल्नसमेत सक्दैनन् । त्यसक्रममा धरान–४ का वडासदस्य गोरसमान आलेले पनि १ हजार ५ रूपैयाँ सहयोग गरेका थिए ।

स्थानीय समाजसेवी सोमी राईले पनि ५ सय ५० रूपैयाँ सहयोग गरे । क्लब अध्यक्ष प्रकाश मगरले अपाङ्ग बालकको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताए ।