बिर्तामोड/जेष्ठ नागरिक मिलन समाज अर्जुनधाराले नगरका बिपन्न ज्येष्ठ नागरिकलाई ब्ल्याङकेट वितरण गरेको छ । नगरभरी रहेका अति बिपन्न ज्येष्ठ नागरिक मध्ये ६१ जनालाई आइतबार ब्ल्याङकेट वितरण गरेको हो ।

झापामै ज्येष्ठ नागरिक संस्थामध्ये सक्रिय अर्जुनधारामा रहेको समाजले बिगतका बर्षदेखि नै जाडोबाट जोगाउनका लागि बिपन्न समुदायका ति जेष्ठ नागरिकलाई कपडा तथा ब्ल्याङकेट वितरण गर्दै आएको छ ।

नगरका ११ वटा वडाका जेष्ठ नागरिकलाई ब्ल्याङकेट वितरण गरिएको समाजका अध्यक्ष रामप्रसाद भट्टराईले जानकारी दिए ।

समितिका वडा संयोजकले छनौट गरेका जेष्ठ नागरिकलाई एक समारोहका बीच ब्ल्याङकेट बाँडिएको उनले बताए ।