उर्लाबारी /हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारीले सोमबार २३ औं स्थापना दिवसका अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी उर्लाबारीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ८६ युनिट रगत सङ्कलन भएको छ ।

यसैबीच उर्लाबारीका अग्निपीडित भक्तिराम अधिकारीलाई १५ हजार आर्थिक सहयोग गरिएको संस्थाका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक मुक्तिनाथ दहालले बताए ।

सहकारीको उत्कृष्ट समाचार प्रकाशित गरेको भन्दै पूर्वज्योति साप्ताहिकका सम्पादक जगन्नाथ भट्टराईलाई सम्मानित गरिएको छ ।

यसैगरी संस्थामा शेयर सदस्य वृद्धिमा सहयोग पुर्याउने उर्लाबारीका राजेन्द्र कार्की र बलराम दाहाललाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

सामाजिक कार्यमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी उर्लाबारीलाई कदर–पत्रले सम्मानित गरिएको सचिव रामप्रसाद बुढाथोकीले बताए ।

२३ वर्षअघि स्थापित संस्थामा ५ हजार शेयरसदस्य रहेका छन् । संस्थाका उपाध्यक्ष इन्दिरा राईको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सांसद् कुशल लिम्बूलगायत सहभागी थिए ।