झापा/ झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लाल्झोड़ामा एकै परिवारका चार सदस्यको घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको छ ।

राती १०:१५ बजेको समयमा उक्त आगलागी भएको हो , भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिलझिले प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिए ।

मृत्यु हुनेमा ३६ वर्षिय लक्ष्मन खनाल, ३० वर्षिय राधिका खनाल, ४ वर्षिय सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन् ।

आगलागी के कारणले भएको हो भन्ने प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ।