भद्रपुर/ छिमेकीको विवाहमा गएकी एक युवती बलात्कारको सिकार भएकी छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले झापाको कचनकबल गाउँपालिका २ स्थित मागुरमावीका २० वर्षीय भीम गुरुङ्लाइ नियन्त्रणमा लिएको छ ।

शनिबार राति छिमेकीको विवाहमा नाचगानमा गएकी ती युवतीलाई ललाइफकाई चिया घारीमा लगेर गुरुङ्ले जबरजस्ती बलात्कार गरेको पीडित युवतीका आमाले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका गुरुङलाई प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।