ताप्लेजुङ / मनिस हेल्लोक नेतृत्वको लिम्बूवान क्रान्तिकारी र मिसेकहाङ नेतृत्वको लिम्बूवान राष्ट्रिय क्रान्तिकारी विच पार्टी एकता भएको छ । प्रदेश नं १ लाई किराँत लिम्वुवान प्रदेशको माग गर्दै आएका यी दुई पार्टिविच एकता भई लिम्बूवान क्रान्तिकारी पार्टी नेपाल भएको छ । झापाको विर्तामोडमा बुधवार आयोजित एक कार्यक्रमका विच पार्टी एकताको घोषणा गरिएको पार्टी अध्यक्ष मनिष हेल्लोकले जानकारी दिए । एकता भेलाले २३ सदस्यी केन्द्रिय समिति समेत वनाएको छ । नयाँ पार्टिको ईन्चार्जमा मिसेकहाङ रहेका छन् । पार्टी अध्यक्षको जिम्मेवारी मनिष हेल्लोकलाई दिईएको छ । पार्टीको वरिष्ट उपाध्यक्षमा युवराज याख्वा, उपाध्यक्षमा मौषम याक्थुङ्वा र महासचिवमा दिनेश किराँती चयन गरिएको पार्टिद्धारा निकालीएको विज्ञप्तीमा जनाईएको छ । सो पार्टीले अवका दिनमा शान्तिपूर्ण कदमद्धारा लिम्बूवान र लिम्बूवानी समाजवाद स्थापनाको निम्ती निर्णायक संर्घष गर्ने वताएको छ ।