सिरहा । सिरहा जिल्लाको ठूलो नगरपालिकाले चिनिने लहान नगरपालिकामा ट्राफिक प्रहरीको विभेद देखिइरहेको छ । कानून सानाका लागिमात्र हुँदैन । नियम कानून सबैको लागि समान हुन्छ तर ठूलाबडाले जे गरे पनि हुन्छ भन्ने प्रष्ट पारेको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले ।

मंसिर २ गते दिउँसो करिब ४ः३० बजे लहान नगरपालिकाको मुख्य सडकखण्डको शहीद चोक नजिक गोलचकरकै छैउमा नोपार्किङमा आधा दर्जनभन्दा बढी सरकारी गाडीहरू पार्किङ गरी राखे पनि छेउमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानबाट ड्युटीमा खटिएको ट्राफिक प्रहरीको नजर नपुगेको प्रत्यक्षदर्शीले बताए ।

‘त्यही चोकमा कुनै पनि किसिमका बस, मोटरसाइकल अन्य कुनै गाडी रोकियो भने ट्राफिक प्रहरी जरिवाना काट्न कुदिहाल्छ ।’ एकजना मोटरसाइकल चालक भने । उनले थपे – ‘हामी निमुखाको लागिमात्र हो यो कानून ? नियम ठूलाबडाका लागि होइन भन्ने पुष्टि भयो ।’

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक मिलन बस्नेतसँग कुरा गर्दा उनले भने– त्यस्तो केही छैन तर मेरो लागि साना र ठूला सबै बराबर रहेका छन् । ड्युटीमा खटिएको ट्राफिक प्रहरीले कुनै किसिमको विभेद गरे भने उजुरी लिएर आउनू कानुनी दायरामा उभ्याएर कारबाही गर्छु ।’