धरान/ ‘मर्निङ वाक’ मा निस्किएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उद्याेगमा अाबद्ध केही कामदारलार्इ साेधपुछका लागि नियन्त्रणमा लिएकाे  छ । प्रहरी नियन्त्रणमा लिइएका कामदार जय बाबा इँटा उद्योगमा कार्यरत रहेकाे सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी  दिए । 

प्रहरीका अनुसार सुनसरी जिल्लाका नाकाहरू सिल गरी अनुसन्धानलार्इ तीव्र बनाइएकाे छ । प्रहरीले उद्याेगमा कार्यरत कामदारले हत्या गरेकाे हुनसक्ने अाशंकामा निगरानी बढाएकाे छ ।