धरान/ धरान९५ स्थित निशानदेवी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र काँचो रुख कटान गरी चिरान गरिरहेको अवस्थामा पक्राउ परेकाहरूको बयान सकिएको छ ।
सव डिभिजन वन कार्यालय पाँचकन्या धरानको टोलीले शुक्रबार ८ जना आरावालसहित ९ जनालाई पक्राउ गरेको थियो ।

उनीहरूको बयान मङ्गलबार लिइएको छ । बयानका क्रममा पक्राउ परेका आरावालहरूले पदाधिकारीकै आदेशमा चिरान गरेको बयान दिएको स्रोत बताउँछ । ‘मङ्गलबार बयान लिने काम सकियो ।’ अनुसन्धान अधिकृतका रूपमा रहेका वन कार्यालयका रेञ्जर ईश्वरी बास्तोला भन्छन् ।

उनले अहिले नै कतिपय कुरा भन्न नमिल्ने बताउँदै बयान लिने काम पूरा भएको मात्रै बताए । ‘धेरै कुरा अहिले नै नभनौं, भोली अदालतको सहमति लिएपछि मात्रै सबै कुरा भनौला ।’ उनले फोनसम्पर्कमा भने ।

वन कार्यालयले शुक्रबार धरान९५, धरान ८, धरान९१९ बाट चिरानका लागि खटिएका ९ जनालाई पक्राउ गरेको थियो । त्यो बेला पक्राउ परेका उनीहरूले समूहका कार्यालय सचिव देउमान लिम्बूलगायतको आदेशमा चिरान गरेको बताएका थिए ।

प्रहरीले चिरान र बल्लाबल्ली गरेर ८८ दशमलव ११ क्युबिक फिट सखुवा प्रजातिको फेन्टा काठ बरामद गरेको थियो ।

कटान आदेश नभई नै समूहका पदाधिकारीहरूले चिरान गरेका थिए । यसविषयमा वन समूहका अध्यक्ष पदम बराइलीले भने आफूलाई चिरान गरेको विषयमा आरावाल पक्राउ परेपछि मात्रै थाहा भएको ब्लाष्टकर्मीलाई बताएका थिए ।

उनले पनि कार्यालय सचिव देउमान लिम्बूले आफूहरूलाई थाहै नदिई कटान गरेको दाबी गरेका थिए ।

ब्लाष्टकर्मीले देउमानलाई उनको घरमै भेट्न गए पनि शुक्रबारबाटै उनी सम्पर्कविहीन बनेको आफन्तहरूले नै बताएका थिए । करिब ५ वर्षअघि मात्रै वन हस्तान्तरण भएको थियो भने गत भदौं ४ गते मात्रै पदम बराइलीको नेतृत्वमा नयाँ कार्य समिति आएको थियो ।

अघिल्लो समितिको एक वर्ष कार्यकाल हुँदै उक्त समितिलाई हटाउँदै नयाँ समिति ल्याएको थियो ।

जसले गर्दा गाउँबासीमा विवाद उत्पन्न भएको थियो ।