इटहरी/ सुनसरीको दुहबीमा इटा उघोगमा कार्यरत म्यानेजरमाथि गोली प्रहार भएको छ ।

दुहबी ९ छाताबेलीमा रहेको जय बाबा इटा उघोग अगाडि मर्निङ वाकमा रहेका उघोगका म्यानेजर ५४ वर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको हो ।  उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएको छ ।

उनलाई आज बिहान साडे ६ बजेकाे  समयमा अज्ञात समुहले गोली प्रहार गरेको हो ।

गोली प्रहार गर्ने समुहको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।