भद्रपुर / रकम लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ का ३२ वर्षीय अशोक खनाल र सोही ठाउँका २८ वर्षीय विकास कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराती साँढे ११ बजे मेचीनगर ६ स्थित ढाका होटलनजिकै बिराटनगर ११ का आशु गुप्ताको २४ हजार ६ सय रुपैयाँ लुटेको आरोपमा पक्राउ गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

गुप्ताको रकम लुटिएको इलाका प्रहरी कार्यालय काकँडभिट्टाले सूचना पाउन साथ खनाल र कोइरालालाई प्रहरीले तत्काल पक्राउ गरिएको डिएसपी श्रेष्ठले जनाए । उनीहरू चढेको डब्लुबी ७४ एक्स ३९८८ भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।