सप्तरी । लामो समयदेखि सप्तरीमा सञ्चालित फुटबल प्रतियोगिताको उपाधि सिरहालाई पराजित गर्दै सप्तरीले कब्जा गरेको छ । 

बकधुवा जण्डौलमा सञ्चालित २१आँै. रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि एसीडिसी युवा क्लब इटहर्वा सप्तरीले जितेको हो । ठाकुरजी मावि वकधुवा जण्डौलद्वारा सञ्चालित प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा एसीडिसी सप्तरीले बानो युवा फुटवल क्लब टीम सिरहालाई शून्यका विरुद्ध एक गोलले पछि पार्दै उपाधि हात पारेको हो । मध्याह्नसम्म गोलरहित बराबरी खेल भएको फाइनल खेलको दोस्रो हाफको ६७ औंँ मिनेटमा सप्तरीले निर्णायक गोल गरेको आयोजक समितिले जनाएको छ । 

उपाधिसँगै विजेता टोलीले रु ३० हजार पाँच सयसहित शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेता टोलीले रु २० हजार पाँच सयसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेको आयोजक समितिका अध्यक्ष परनलाल चौधरीले जानकारी दिनुभयो । (रासस)