धनकुटा/ धनकुटाको बिभिन्न स्थानमा प्रहरीले शनिबार १४ हजार ६ सय ८० बोट अवैध गाँजा फडानी गरी नष्ट गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ र भेडेटार धनकुटा शहिदभूमी गाउँपालिका १ कर्कले गुर्धुम, गोपालपुर, घंगरु, हंगुवा (तल्लो र माथ्लो ), सफाईधाप, धाप, तित्रे, कर्कले लगायतको बिभिन्न ठाउँमा गरि ९ हजार १ सय ८० बोट त्यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका(९ किम्दाक भन्ने ठाउँमा ५ हजार ५ सय बोट गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पछिल्लो समय धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका र अवैध रुपमा खेति गरिएका गाँजा फडानी गरी नष्ट गर्ने अभियान संचालन गर्दै आईरहेको छ ।