यासोक / पाँचथरको फाल्गुनन्द गाउँपालिकामा सडक निर्माणको नाममा प्राकृतिक सम्पदाको दोहन भएको छ । उन्नती परियोजनाले उपभोक्ता समिति मार्फत प्राकृतिक सम्पदाको दोहन गरेको हो । डेनमार्क सरकारको सहयोगमा उन्नति परियोजनाले कुम्मायक गाउँपालिका हुदै फाल्गुनन्द गाउँपालिकाको उत्तरेसम्मको १६ किलोमिटर सडक निर्माणको काम गर्दै आएको छ । चार ओटा उपभोक्ता समितिले १६ किलोमिटर सडकलाई ४ खण्डमा बिभाजन गरी काम गर्दै आएका छन् । फाल्गुनन्द गाउँपालिकादेखि कुम्मायकका–१ सम्मको ४ किलोमिटर सडकमा यस्तो बेथिति देखिएको हो । समितिले प्राकृतिक सम्पदाको ख्यालै नगरी स्काभेटर मिसिनको प्रयोग गरेर सडक निर्माण गर्दै आएको छ । फाल्गुनन्द–६ देखि कुम्मायक–१ सम्मको ४ किलोमिटर सडकमा मापडण्ड बिपरित खानी उत्खनन गर्दै आएको स्थानीयले बताएका छन् । समितिले १ करोडको लागतमा काम गर्दै आएको उक्त सडकको पर्यावरण, जलश्रोत र बातावरणको दोहन गरेको पाईएको हो । समितिले सडकको भित्तोको जमिनलाइ खनेर ओडार बनाएको छ । उक्त क्षेत्रमा हिउँद र बर्र्षाको सिजनमा पहिरो जाने गर्दछ । त्यस्तो जोखिम स्थानमासमेत वतावरणीय पर्यावरणलाई असर पुग्ने गरी स्काभेटर, ब्रेकर र रोलर प्रयोग हुदै आएको छ । यस्ता उपकरणले प्राकृतिक श्रोत र पर्यावरणलाई समेत असर पु¥याउने कुम्मायक गाउँपालिकाका प्राविधिक ज्ञानु रिजालले बताए । ‘उन्नती परियोजनाले स्थानीय प्राविधिकहरुसँग आवश्यक समन्वय नगरी काम गर्दा समस्या देखा परेको जनाए । ‘वातावरणीय जोखिमलाई ख्याल गरेर मात्रै योजनाको काम गर्नुपर्छ तर उक्त सडकमा मापदण्ढ बिपरीत काम भएको देखिएको रिजालले बताए । फाल्गुनन्द र कुम्मायकको सिमाना पर्ने गांैरीगाउँको सडकमा समितिले अनावश्यक उत्खनन् गरेका कारण यस्तो समस्या देखा परेको हो । समितिले सडकमा बिछ्याउँन गिटि र ढुङगाको प्रयोग सडक छेउको पहरोलाई गर्दै आएको छ । ।