बिर्तामोड /  कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले आर्थिक बर्ष २०७४/०७५ को प्रगति विवरण तथा आर्थिक बर्ष ०७५/७६ को लक्ष्य र योजनाहरु सार्वजनिक गरेको छ ।  संस्थाले १८ औ बार्षिक साधारणसभा पूर्व शनिवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रगति विवरण तथा आगामीे लक्ष्य र योजनाहरु सार्वजनिक गरेको हो । २६ हजार ७ सय ७६ जना शेयर सदस्य रहेको संस्थाको आर्थिक बर्ष २०७४÷७५ सम्ममा १७ करोड ८३ लाख ४ हजार ८ सय शेयरपुँजी पुर्याउन सफल भएको अध्यक्ष टसबहादुर प्रधानले बताए । संस्थाले २० करोड ५६ लाख ८४ हजार ४ सय ७३ रुपैयाँ आम्दानी गरेको जनाउँदै ३ करोड २४ लाख ४२ हजार २ सय ५४ रुपैयाँ नाफा गर्न सफल भएको उनले बताए । संस्थाले एक करोड ३० लाख २३ हजार ९ सय ५८ रुपैयाँ कर तिर्न सफल भएको अध्यक्ष प्रधानले बताए । संस्थाले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत सदस्यहरुलाई उपचार खर्च, काजक्रिया खर्च, सुत्केरी सुविधा र वाडीपीडित तथा विपत सहयोग बापत ३३ लाख ४ हजार ४ सय ९० रुपैयाँ र सदस्य मृत्यु हुँदा कर्जा मिनाह १४ लाख २० हजार ३ सय ५० रुपैयाँ गरेको उनले बताए । एकसय २९ जना कर्मचारी रहेको संस्थाले आगामी कार्यक्रम अन्र्तगत ७० बर्ष पूरा भएपछि असक्त भएकालाई सामाजिक भक्ताको व्यवस्था गर्ने, उपचार खर्च १० लाख, सदस्य र सदस्यका श्रीमान श्रीमतीको मृत्यु भएमा ४० हजार र बुवा आमा तथा सासु ससुराको मृत्यु भएका २० हजार रुपैयाँ उपलब्ध गराउने लक्ष्य रहेको पनि उनले बताए ।