बिर्तामोड /  कुवेतमा सवारी चालकको काम गर्दै आएका झापाको शिवसताक्षीका बिष्णु घिमिरेको शुक्रबार बिहान सुतेकै ठाँउमा मृत्यु भएको छ ।  उनीसँगै रहेका साथीहरुले कम्पनिमा काम गर्नका लागि जान भन्दै उठाउन जाँदा मृत फेला परेपछि स्थानीय प्रहरीलाई खबर गरेको झापाली समाज कुवेतका सचिव प्रेम झापालीले जानकारी दिए । जिलिब भन्ने स्थानमा रहेका साथीको घरमा सुतेका घिमिरे नउठेपछि हेर्दा सुतेकै स्थानमा मृत्यु भएको पाइएको उनका साथीलाई उदृत गर्दै झापालीले बताए । घिमिरे १३ बर्षदेखि कुवेतमा हेबी चालकको रुपमा कार्यारत रहेका थिए । उनी झापाली समाज कुवेतका कार्य समिति सदस्य तथा नेपाली समुदाय कुवेतमा लामो समय देखी आबद्द रहेर काम गर्दै आएको कुवेतमै कार्यारत झापाली समाज कुवेतका कार्यसमिति सदस्य कृष्ण पौडेलले जानकारी दिए । पौडेलका अनुसार घिमिरे कुवेतको एसडिएफसि कम्पनीमा रोजगारका लागि गएको भए पनि अहिले एजिलिटी कम्पनीमा सबारी चालकको रुपमा कार्यरत थिए । केही समयमै अर्को कम्पनी जाने तयारीमा रहेको बताइएको छ । राती साथीको कोठामा आएर सुते पनि बिहान् नउठे पछी उनलाई ओच्छायानमै मृत भेटिएको थियो । मृतक घिमिरेको घरमा आमा, श्रीमती, एक छोरा र बहिनी रहेका छन् । स्थानीय प्रहरीले घटनाको मुचुल्का उठाइसकेको छ । घटनाको बिषयमा जानकारी पाएपछि नेपाली दुताबास कुवेतका द्धितीय सचिब ज्ञानबहादुर मगरले कानुनी प्रक्रिया शुरु गरेको बताएका छन् ।