Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /सिनेमा
सिनेमा

शिक्षक–कर्मचारीको फेसबुक शिक्षा मन्त्रालयकाे निगरानीमा

ब ब्लाष्ट खबर कार्तिक १५, २०७५ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ ।

‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५’ जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको बढोत्तरीसँगै सार्वजनिक सेवा प्रवाहका कामकारवाहीबारे नकारात्मक टीकाटिप्पणी रोक्न कानूनी प्रबन्ध गरेको हो । सामाजिक सञ्जालको सही प्रयोग नहुँदा त्यसको दुरुपयोगबाट राष्ट्रसेवक कर्मचारी र शिक्षकको आचरणासमेत प्रश्न उठ्ने सम्भावना रहेकाले त्यस्ता दुरुपयोग नियन्त्रण गर्न सो मार्गनिर्देशन जारी भएको हो । शिक्षा मन्त्रालय र मातहतका निकायका सार्वजनिक सेवा प्रवाहका क्रममा भए गरेका काम कारवाही, प्रस्तावित नीति तथा कार्यक्रमजस्ता विषयमा अमर्यादित भाषामा टीकाटिप्पणी गर्ने, आन्तरिक विषय परिपक्व नहुँदै सार्वजनिक गर्ने तथा सरकारी नीतिविपरीतका भनाइ सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्ने कार्यलाई मार्ग निर्देशनले निषेध गरेको छ । निर्देशिकाको उल्लङ्घन भएमा साइबर अपराध कानूनबमोजिम कारवाहीका सम्बन्धित निकायका लेखी पठाइनेसमेत उल्लेख गरिएको छ । यही कात्तिक १४ को शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलस्तरीय निर्णयबाट मार्ग निर्देशन जारी भएको मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । छबुँदे उक्त मार्ग निर्देशनले सार्वजनिक सेवामा आबद्ध व्यक्तिको मानमर्दन हुनेगरी सञ्जालमा टीकाटिप्पणी गर्ने, सरुवा, बढुवा लगायतका विषयमा पक्ष/विपक्षमा विभाजित भई मन्त्रालय र कर्मचारीबाट सामाजिक सञ्जालमा अभिव्यक्त हुने कार्यमाथि निगरानीका लागि मातहतका कार्यालयमा सान्दर्भिक शाखा र व्यक्तिलाई जिम्मेवारी दिइने जनाइएको छ । “सरकारको नीति, मन्त्रालय वा सरकारी निकायका निर्णय, प्रस्तावित नीति आफ्नो पेजमा आदानप्रदान (शेसर) गर्न र सकारात्मक टिप्पणी गर्न पाइनेछ ।” मार्ग निर्देशनमा भनिएको छ, “तर त्यस्ता विषयमा नकारात्मक टीकाटिप्पणी गर्न वा व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गर्न, नकारात्मक टिप्पणी लाइक गर्न तथा शेयर गर्ने कार्य निजामति कर्मचारी तथा विद्यालय एवं विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीको आचारसंहिता विपरीत हुने हुँदा त्यस्ता कार्यहरु गर्न पाइनेछैन ।” सम्मानित र राजनीतिक व्यक्तित्वहरुको चरित्र हत्या गर्ने, कुनै दल वा सम्प्रदाय विशेषको पक्ष वा विपक्षमा विचार व्यक्त गर्ने, सरकारी सेवामा रहेका वा सेवा निवृत्त कर्मचारीका सम्बन्धमा प्रकाशित अप्रमाणित नकारात्मक समाचारमा टिप्पणी, त्यस्तो टिप्पणी र लाइक गर्न तथा सेयर गर्न मार्गनिर्देशनले रोक लगाइएको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सञ्जालको प्रयोगको अनुगमन सम्बन्धित प्रधानध्यापकले गरी सोको अभिलेख राख्ने प्रबन्ध मार्गनिर्देशनले गरेको छ । शिक्षकले कक्षा कोठामा र शिक्षण सिकाइ क्रियाकलापलाई नकारात्मक प्रभाव पार्ने गरी कक्षाकोठाभित्र मोबाइल प्रयोग गर्न पनि रोक लगाइने उल्लेख छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले रासससँग कुरा गर्दै प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा समेत भ्रमित सूचना फैलाइएको सन्दर्भमा सामाजिक सञ्जाललाई सहीरुपमा प्रयोग गराउन खोज्नु स्वभाविक भएको प्रतिक्रिया दिए । उनले आफूहरुले विस्तृत अध्ययनपछि थप प्रतिक्रिया दिने जनाए । मार्गनिर्देशनले सरकारी कार्यालयको आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्दा त्यससम्बन्धी कार्यविधि २०७४ ले निर्धारण गरेबमोजिम गर्न र कार्यालय समयमा बाधा पुग्ने गरी सञ्जाल प्रयोग नगर्न पनि सम्झाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

धान थन्काउन किसानलाई चटारो
कार्तिक ८, २०८३
जलवायु न्यायलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष पूर्वराष्ट्रपति भण्डारीको आग्रह
कार्तिक ८, २०८३
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना
कार्तिक ७, २०८३
छापा संस्करण [ePaper]
  1. धान थन्काउन किसानलाई चटारो
    कार्तिक ८, २०८३
  2. जलवायु न्यायलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष पूर्वराष्ट्रपति भण्डारीको आग्रह
    कार्तिक ८, २०८३
  3. आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना
    कार्तिक ७, २०८३
  4. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    कार्तिक ७, २०८३
  5. पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
    कार्तिक ६, २०८३
  6. पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
    कार्तिक ६, २०८३
  7. विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट
    कार्तिक ६, २०८३
  8. विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत गर्छ : मुख्यमन्त्री कार्की
    कार्तिक ५, २०८३
  9. आज विजयादशमी : टीकाको शुभ साइत १०:२६ बजे
    कार्तिक ५, २०८३
  10. चोरीका गरगहनासहित महिला पक्राउ
    कार्तिक ४, २०८३
  11. हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
    कार्तिक ४, २०८३
  12. अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा
    कार्तिक ४, २०८३
  13. आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
    कार्तिक ४, २०८३
  14. एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण
    कार्तिक ३, २०८३
  15. एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
    कार्तिक ३, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड