भारत/ भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ ।
मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् । दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीले उक्त स्थानमा खोजी अभियान शुरु गरिसकेको वरिष्ठ प्रहरी अधिकारी पी सुन्दर राजले बताए । सुरक्षाफौज र अरु उच्च अधिकारीहरु तत्कालै घटनास्थल पुगेका थिए ।
– रासस/एएनआई नक्सल आक्रमणमा पत्रकार र दुई प्रहरी जवानको मृत्यु
भारत/ भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ ।
मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् । दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीले उक्त स्थानमा खोजी अभियान शुरु गरिसकेको वरिष्ठ प्रहरी अधिकारी पी सुन्दर राजले बताए । सुरक्षाफौज र अरु उच्च अधिकारीहरु तत्कालै घटनास्थल पुगेका थिए ।
– रासस/एएनआई
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।