एजेन्सी/ उत्तर प्रदेशमा लगातार दोस्रो दिन पनि रेल दुर्घटना भएको छ । बाघ एक्सप्रेस गोरखपुर नजिक पटरीबाट बाहिरिएको छ । आजतकको रिपोर्टअनुसार रेल नम्बर १३०२० काठगोदामदेखि हावडा गइरहेको थियो ।

यसैबीच गोरखपुरनजिक दुर्घटना भएको हो । बाघस्टेशन पुग्नु अघि नै रेल डोमिनगढ रेल्वे स्टेशनदेखि झण्डै एक सय मिटर अघि ‘डिरेल’ भएको हो ।

समाचारका अनुसार बाघ एक्सप्रेसको फ्रण्ट एसएलआर बग्गीको पछाडि ट्रलीको चार पाङ्ग्रा पटरीबाट उत्रिएका थिए । यो दुर्घटनामा अहिलेसम्म विस्तृत विवरण आइसकेको छैन ।

दुर्घटना झण्डै दिउँसो १ बजे भएको थियो । दुर्घटनाका कारण सोही लाइनबाट आवागमन हुने रेल रोकिएको छ । सो रेल्वेलाइन शुरु गर्न रेस्क्यु अपरेशन शुरु गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

युपीका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जानकारी लिएका छन् । उनले डीएम र एसएसपीलाई घटनास्थलमा जाने निर्देशन दिएका छन् ।

तस्बिर-ANI