पानवारी । चलचित्र मेरी मामुको ट्रेलर देशभरीका विभिन्न स्कुलमा प्रदर्शन गरिएको छ । चलचित्र बाल मनोविज्ञानको कथा वस्तुमा आधारीत रहेर बनेको भन्दै चलचित्रका निर्माता सन्तोष सेनले बालबालिकालाई लक्षित गरेर स्कुल स्कुलमा ट्रेलर प्रदर्शन गरिएको बताएका छन् । चलचित्रमा ७ वर्षिय बाल कलाकार अयुव सेनले गरेको अभियन अहिले देशभरी चर्चामा छ । चलचित्र चंखे शंखे पंखे, प्रेम गीत र प्रेम गीत–२ जस्ता सफल चलचित्र निर्माण गरेको आसुसेन फिल्मको चौथो चलचित्र मेरी मामुलाई सन्तोष सेन ले निर्माण गरेका हुन् भने यम थापाले लेखन निर्देशन गरेका हुन् । चलचित्रमा अयुव सेन, कुसुम गुरुङ, सारुक ताम्रकार, अश्लेशा सिंह ठकुरीको मुख्य भूमिका रहेको छ । गीतबाट राम्रो चर्चा बटुलेको चलचित्र मेरी मामुको टिम दर्शक हरु सँग प्रतक्ष्य भेट्घाट गर्न यही ९ गते बाट देशव्यापी रुपमा सांगितिक कार्यक्रम लिएर मुख्य मुख्य शहरहरुमा आउने भएका छन् । भाद्र ७ गते पोखरा, ८ गते बुटवल, ९ गते चितवन, १० गते दमक र इटहरी र ११ गते धरानमा ग्राण्ड प्रिमिएर शो हुने निर्माता सेनले जानकारी दिए ।