धरान । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको अन्ताराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बिबिसीका अनुसार भूकम्पबाट सयौं घाइते भएका छन् भने घर लगायत भाैतिक संरचना भत्किएका छन्।

भूकम्पपछि अस्पतालहका चिकित्सकहरूले सडकमा नै घाइतेकाे उपचार गरिरहेका छन् ।  विद्युत आपूर्ति बन्द भएको छ ।  न्डोनेसियाको प्रकोप व्यवस्थापनका प्रवक्ताले लम्बकको मुख्य सहर मतारामका कमजोर संरचनाहरु भत्किएको बताएका छन् । छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजहरू सामाजिक सञ्जालमा देखिन्छ ।

भूकम्पलगत्तै सुनामीको चेतावनी दिइ पनि अहिले त्यस्ताे खतरा नरहेकाे भन्दै फिर्ता लिइएकाे छ । गत हप्ता पनि भूकम्प गएको थियो ।