भारत । महाराष्ट्र राज्यमा विश्वविद्यालयकाे कर्मचारीहरू लिएर गइरहेकाे बस  सडकबाट तल खसेपछि ३३ जनाकाे मृत्यु भएकाे छ ।

शनिबार दापैली कृषि विश्वविद्यालयकाे ३४ कर्मचारीलार्इ लिएर जाने क्रममा महाराष्ट्र राज्यकाे रायगढ़ जिल्लाकाे अंबनेली पहाडी घाटकाे सडकखण्डबाट झरेपछि बसमा सवार ३३ जनाकाे मृत्यु भएकाे  एक अधिकारीले बताएका छन् ।

बसमा सवार कृषि विश्वविद्यालयकाे कर्मचारीहरू   पिकनिककाे लागि महाबलेश्वरकाे लोकप्रिय पहाडी स्टेशन जादै गरेका थिए । उद्दारका लगि भरतकाे राष्ट्रीय आपत  प्रतिक्रिया बलकाे समुह त्यहाँ खटार्इएकाे छ । 

बसमा सवार ३४  जना मध्याे ३३ जनाकाे मृत्यु भएपछि एक जना चमत्कारिक रूप जिवित रहेकाे त्यहाँकाे समाचार छ ।