ब्लाष्टखबर । इण्डोनेशियाको लोम्बक टापुमा  भूकम्प जाँदा कम्तीमा १४ जनाको ज्यान गएको छ।  कम्तीमा १६० जना घाइते भएको विवरण प्राप्त भएका छ ।

 मानिसहरू सुतिरहेका बेला ६ .४ म्याग्निच्युडको भूकम्प अाएकाे हाे । मृत्यु हुनेहरूमा मलेशियन नागरिक पनि रहेकाे त्यहाँकाे  राष्ट्रिय आपत खोज र बचाव संस्थाले जनाएकाे छ । संस्थालेका अनुसार टापुकाे उत्तरी र पूर्वी जिल्लामा गरि १६० जना व्यक्तिलाई पनि घाइते भएका छन् । त्यहाँका दर्जनौं भवनहरू ध्वस्त भएका छन् ।

स्वयंसेवक प्रहरी तथा खोजी र उद्धार टोलीहरू घाइतेहरूकाे उद्धारमा खटिरहेकाे भएपनि अझैपनि कति व्यक्ति हराइरहेको हुन सक्छ भन्ने जनाकारी अाउन सकेकाे छैन ।

स्थानीय समय अनुसार अाज बिहान 5:45 बजे  भूकम्प अाएकाे हाे।