रंगेली । राष्ट्रिय अपाङ्गग महासंघ प्रदेश १ विराटनगरले प्रदेश स्तरमा निर्माण हुने निति, नियम, कानुनहरुमा अपाङ्गगहरुको सवालाई समावेश गर्न माग गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका छन् ।
आपाङ्गता भएका व्यक्तिहरु निर्वाध आफुले चाहेको स्थानमा पुगी सम्बन्धित क्षेत्रबाट सेवा सुविधाको प्रत्यक्ष उपभोग गर्ने वातावरण बनाइ दिन उनीहरुले माग गरेका छन् ।सहज पहँच पुर्याउन नेपाल सरकारले अपाङ्गता सवाल समावेश गराउदै आएको भए पनि मानव निर्मित भौतिक संरचना तथा मानविय व्यवहार आपाङ्गता मैत्री नहुदा र बाध्यकारी नीति नहुदा आम आपाङ्गता भएका व्यक्तिको जिवनयापन कष्टकर एवं जटिल हुन पुगेको विज्ञप्तीमा उल्लेख छ । मुख्यमन्त्री राईलाई २२ बुदे माग सहितको ज्ञापन पत्र बुझाएका हुन ।
राष्ट्रिय अपाङ्गग महासंघ प्रदेश १ विराटनगरको नेत्रित्वमा ¥याली सहित पुगेको टोलीली मुख्य मन्त्री राइलाई ज्ञावपन पत्र बुझाएको थियो । उनीहरु प्रदेशिक ऐनमा अपाङ्गता सवाल समाबेश गरियोस,बनेको ऐन कानुनहरुको प्रभावकारी कार्यान्वय गरियोस लेखेको व्यानर बोकेर मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राइले अपाङ्गता भएकाहरुको सबै समस्या सम्बोधन गर्ने आस्वासन दिएका थिए ।
































