उदयपुर । उदयपुरमा तीन साता देखि बिजुली बाल्न नपाएका स्थानियले मंगलबार नेपाल विद्युत प्राधिकरण कार्यालय उदयपुर घेराउ गरेको छ । त्रियुगा नगरपालिका २ खैजनपुर बासीहरु असार १० गते बाट बत्तिबिहिन भएको थियो । प्राधिकरणको लापरबाहीले गर्दा समस्यामा परेको भन्दै गाईघाट स्थित प्राधिकरणको वितारण केन्द्र घेराउ गरेको थियो । विहान १० बजे तिर ठुलो संख्यामा आएको खैजनपुर बासीहरुले प्राधिकरणको अगाडी नारा लगाउदै कर्मचारीलाई कार्यालय प्रवेश गर्नमा समेत समस्या उत्पन्न गरेको थियो । भने विग्रेको विद्युति मर्मत गर्न २२ दिन खघि नै प्राधिकरणलाई अनुरोध गरेपनि आल टाल गरे पछि विभिन्न निकाय बाट प्रयास गर्दा पनि चासो नदेखाई हाल सम्म बत्ति बाल्न नसकेपछि बाध्यताले मुठ्ठी खाएर मुरी उब्जाउने काम छोडेर प्रधिकरण घेराउन गर्न आएको वडा अध्यक्ष घमानसिंह खत्रिले बताए । केन्द्र प्रमुख रामअयोध्या यादवले कार्यालय घेराउ गरेको प्रशासन र प्रहरीलाई खबर गरेका थियो । तत्कालै वडा अध्यक्षले प्रदेश सांसद विमल कार्की, नेकपाका नेताहरु ईश्वमणि राउत लगायत जिल्लास्तरीय नेताहरुको टोली लिएर पुगेको थियो । भने टोली र यादव विच दुई पक्षिय छलफलमा बुधबार विहान सम्म विद्युत सुचारु गर्ने र नसके रवाना लिएर जाने समेत प्रतिबद्धता गरेपछि घेराउ समुह फर्किएको वडा अध्यक्ष खत्रिले बताए ।
                    
        
        































