पथरी । भारतको राजधानी नयाँदिल्लीमा एक नेपालीयुवाले प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् ।

सप्तरीका मानव अधिकारकर्मी प्रकाशमणि राउतले भारतमा राष्ट्रिय  प्रतिभा पुरस्कार प्राप्त गरेको हो ।

कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिने समारोहमा राउतलाई सम्मानित गरिएको छ । मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो।

दीग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई  ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्याय एवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए । सामाजिक तथा मानवअधिकार क्षेत्रमा आधादशक देखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।