
थाइल्याण्ड । संसारकाे ध्यान अाकर्षण गर्ने थाइल्याण्डकाे गुफामा पसेको विद्यार्थीहरूकाे घटनाले केही सरलता पाएकाे छ । निरन्नतककाे प्रयास संगै अधिकारीहरू ति विद्यार्थीहरू तथा तिनका प्रशिक्षककाे उद्धार केही हद सम्म गर्न सफल भएकाे छ ।
थाइल्याण्ड रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार गुफा भित्र फसेका १२ विद्यार्थीहरू र एक प्रशिक्षक मध्ये छलार्इ बाहिर निकालीएकाे छ । रक्षा मन्त्रालयकाे प्रवक्ता लेफ्टिनेन्ट जनरल कोन्गचीप तन्त्रावानितका अनुसार चार बच्चाहरू चैम्बर तीन ( उद्धारका टाेलीले बनाएकाे एक अाधार सिवीर ) पुगिसकेकाे र तिनिहरू अब चडैनै गुफा बाहिर अाउने छन् ।
उत्तरी थाइल्याण्डकाे थाम लुआन्ग गुफामा दुर्इ हप्ता भन्दा बढि समयदेखी फसीरहेका १२ विद्यार्थीहरू र उनिहरूका एक प्रशिक्षकलार्इ बाहिर निकाल्नका लागि ८ जुलार्इबाट थालिएकाे थियाे ।
२३ जुनमा गुफामा फसेका विद्यार्थीहरू ‘‘वाइल्ड बोर्स’’ नामक फुटबल टिममा अाबद्ध रहेका छन् । यिनिहरू ११ देखी १६ वर्ष उमेरका अन्डर–१६ फुटबल टिमका खेलाडीहरू हुन् । विद्यार्थीहरू फुटबल अभ्यास पछी गुफामा गएका थिए । लगातार वर्षाका कारण गुफामा पानी भरीएपछी उनिहरू त्यहाँ फसेका हुन् ।
गुफाकाे लम्बाइ १० किलाेमिटर रहेकाे र वर्षातकाे समयमा बन्द गर्ने गरेकाे स्राेतले जनाएकाे छ ।