इटहरी । सुनसरीको तरहरामा रहेको सिंहदेवि ज्वेलर्स इण्डष्टिज प्रालिमा सर्वसाधरणको बचत स्वरुप राखेको १५ करोड भन्दा बढि ढुबेको छ ।.सर्वसाधरणहरुले महंगो ब्याजको लोभमा ज्वेसर्लमा राखेको करोडौ रकम ज्वेलर्सले रकम ढुब्यो भन्दै ज्वेलर्स बन्द गरे पछि सर्वसाधरणको रुवाबासी मच्चिएको छ । पैसाकै कारण अधिकांसको परिवार कलह हुन पुगेको हो ।
केहि समय अगाडी सिआईबीले पूर्वी नेपालको सुन पसलमा छापा मारे सँगै ज्वेलर्स टाट पल्टे पछि सर्वसाधरणहरुको रुवाबासी हुन पुगेको हो । एक ब्यक्तिले लाख देखि ४० लाख सम्म राखेको रकम ढुबेको हो । ज्वेलर्समा सर्वसाधरणले राखेको करोडौ रुपैया ढुबे पछि सर्वसाधरणहरु तनाबमा हुन पुगेका छन । मकै पोल्ने देखि ठुला ब्यापारीको सम्म पैसा ढुबेको भन्दै सर्वसाधरणको रुवाबासी मच्चिएको हो ।सुन पसलमा राखेको पैसाले धेरैको परिवार सम्म बिचल्नी हुन पुगेको स्थानीय सोम निरौलाले वताए । आफुले एक लाख राखेको भए पनि अहिले सम्म नपाएको गुनासो गरे ।
सर्वसाधरणको पैसा भएको जायजेथा विक्रि गरेर भए पनि चाडो दिनु पर्ने निरौलाको भनाई छ । करीब ४ सय १७ जना सर्वसाधरणहरुको पैसा सुन पसलले खाईदिएको भन्दै उक्त रकम सर्वसाधरणले पाउँनु पर्ने माग गरे । धेरैको घर परिवार विग्रीयो,सुन पसलले बर्बाद गर्यो निरौला दुखेसो मान्दै भन्छन ।स्थानीय सामाजिक अगुवा तथा पैसा उठाउँने समितिको सदस्य टिकाबहादुर बनले सर्वसाधरणको १५ करोड भन्दा बढि रकम ढुबेको देखियो ।
करीब २५ करोड रुपैयाँ रुपैया देखियो । बैक तथा सुनपसलेहरु सम्मको देखियो । तत्कालै समितिको बैठक बसेर आफ्न्तको सम्पत्ती खोजी गर्ने तयारी भईरहेको वताए । अहिले अधिकांस घर परिवारको रुवाबासी भएको कारण सबैको विचल्नी भएको उनका भनाई छ । अहिले सुन पसलेले पैसा लुकाएको हुन सक्छ भनेर हामी आफ्न्तको सम्पत्ती विवरण खोज्न थालेको हुँ उनले थपे ।यता ज्वेलर्सका सञ्चालक दिपक गजमेरलेले भने आफुले पसमा राखेको पैसा, जग्गामा हालेको कारण समस्यामा परेको वताए ।
अहिले सबैले एकै चोटी पैसा मागेको कारण पैसा दिन सक्ने अबस्थामा नरहेको जनाए । उनले भने मरो जग्गा जमिन छ त्यो बिक्रि हन समय लाग्ने भएको कारण पैसा दिन सकेको छैन गजमेरले भने । मगंलवार पिडित पक्ष र सामाजिक अगुवाहरुले तरहरामा रहेको रुद्राक्ष पार्टी प्यालेसमा भएको भेलाले इटहरी २० का वडाअध्यक्ष मणिराम श्रेष्ठको संयोजकतत्वमा पैसा उठाउँने समिति बनेको छ । जस्को सदस्यहरुमा राजनितिक दल तथा उद्योग बाणिज्य संघ,सुन ब्यावसायी संघ समेत बसेका छन ।