-
Home
-
अर्थ
-
इपिएस मार्फत् काेरिया जानेकाे काेटा बढ्याे
इपिएस मार्फत् काेरिया जानेकाे काेटा बढ्याे
काठमाडौं । ईपिएस मार्फत कामका लागि दक्षिण कोरिया जाने नेपाली कामदारको कोटा बढेको छ ।
अब २०१९ मा ईपिएस मार्फत १० हजार २०० कामदार कोरियाले लाने कोरियाका लागि नेपाली राजदूत अर्जुनजंगबहादुर सिंहले बताएका छन् ।
सिंहका अनुसार अघिल्लो वर्षको तुलनामा कोटा बढेको हो। २००७ सालबाट शुरु भएको ईपीएस हरेक दुई दुई वर्षमा सम्झौता नवीकरण हुने गरेको छ । यो वर्ष पुनः नेपाल र कोरियाबीच ईपिएसको सम्झौता गरिने उनले बताएका छन् ।