इटहरी/ आर्थिक वर्ष २०७५÷०७६ को नेपाल सरकारको बजेट नीति तथा कार्यक्रममा सरकारी कर्मचारीहरुले तलब वृद्धी हुने आशा गरेका थिए । तर, अर्थ मन्त्री युवराज खतिवडाले कर्मचारीको तलब वृद्धी समायोजन गर्न आयोग गठन गर्ने भन्दै महङ्गी भत्ता २ हजार र पोशाक भत्ता १० हजार पु¥याएको प्रति कर्मचारी सन्तुष्ट छैनन् । पेशागत महासंघ नेपाल १ नम्वर प्रदेशका सह इन्चार्ज राजकुमार गिरीले दश देखि २५ प्रतिशत तलत वृद्धी हुने आशा गरिएको भन्दै वेलैमा तलव समायोजन आयोग बनाएर बजेट ल्याएको भए चित्त बुझ्दो हुने बताए । ‘दुई जोर कपडा सिलाउन नपुग्ने पोशाक भत्ताको कुनै अर्थ छैन’ गिरीले ब्लाष्टसँग भने ‘यो विषयमा सरकारको ध्यान जान जरुरी थियो । यो बजेटमा आफुहरुको असन्तुष्टी रहेको उनले बताए । यसै गरी नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका केन्द्रीय उपाध्यक्ष महेश सुवेदीले पनि कर्मचारीलाई उत्साह जगाउनुको साटो परिवारनै पाल्न नसक्ने बजेटमा काम गर्नु पर्ने बाध्यता सिर्जना गरिएको बताए । ‘नेपाल सरकार र अव बन्ने आयोगले कर्मचारीको मागलाई सम्वोधन गर्न सक्नु पर्छ’ सुवेदीले भने ‘ कर्मचारीको तलवमा पुनविचार गरियोस् । त्यसो त निजामति कर्मचारीहरुले बजेट सार्वजनिक हुने वित्तीकै सामाजिक सञ्जालमा प्रकाश राईले ‘राष्ट्र सेवक प्रति सरकारको अफिसियल धारणानै नकारात्मक, प्रतिवेदन तयार नगर्ने अनि नयाँ आयोग गठनको घोषणा गर्ने भन्दै असन्तुष्टि जनाएका छन् ।