धरान/अब शैक्षिक प्रमाणपत्र बोकेर बेरोजगार बसेका युवाहरुले स्वरोजगार बन्न बाटो खुलेको छ ।
सरकारले अब शैक्षिक प्रमाणपत्र धितो राखेर बार्षिक ५ प्रतिसत ब्याजदरमा ७ लाख सम्म ऋण उपलब्ध गराउने घोषण अर्थमन्त्री युवराज खतिवडाले गरेका छन् । संघीय संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाख रुपैयाँ ऋण दिने बताएका हुन् ।
अर्थमन्त्रीले समान कामका लागि समाज ज्याला लागू गर्ने, श्रम क्षेत्रको विवाद समाधान गर्न अर्धन्यायिक निकाय गठन गर्ने, वैदेशिक रोजगारीमा जान नदिने विशेष व्यवस्था गर्ने जनाएका छन् ।