धरान/तपाईले मोटरसाइकल खरिद गर्ने सोचमा हुनुहुन्छ भने एक पटक सोच्नुहोस् । संघीय सरकारले आगामी आर्थिक बर्ष देखि १५० सीसी भन्दा माथिका मोटरसाइकलमा थप कर लगाउने भएको छ ।

अब १५० सीसी भन्दा माथिका मोटरसाइकल अहिलेको तुलनामा महङगो पर्ने छन् ।निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाउने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका हुन् ।

नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ ।अर्थमन्त्रीले सिसी, सिलिण्डर, क्षमता, ध्वनी उत्सर्जन, प्रदुषणलाई आधार बनाएर सरकारले अर्थशास्त्रीय दृष्टिकोणले अटोमोबाइल क्षेत्रलाई हेर्ने बताएका थिए ।