ताप्लेजुङ/भुकम्पले क्षति पुर्याएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका पाँच वटा विद्यालयको भवन निर्माण एक गैरसरकारी संस्थाले गरिदिएको छ । बैसाख १२ को भुकम्पका कारण भत्किएका ती विद्यालयको भवन ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालको समन्वयमा हिमालयन ट्रष्ट युकेले निर्माण गरिदिएको हो ।

[caption id="attachment_82807" align="aligncenter" width="4063"] tfKn]h'ªsf] n'ªy'ªdf lxdfnog 6«i6 o's]4f/f lgdf{0f ul/Psf] e'sDk k|lt/fwL ejg . o's]n] tfKn]h'ªdf kf“r j6f laBfnodf kSsL ejg lgdf{0f ul/lbPsf] 5 . e'sDkn] laBfno ejg eTsfPkl5 6]06sf] Aoj:yf u/]sf] p:n] To;kl5 c:yfoL ejg lgdf{0f ul/lbPsf] lyof] .
tl:j/ M cfgGb uf}td ÷ sflGtk'/[/caption]

फक्ताङलुङ गाउँपालिका–६ लेलेप स्थित लुङथुङ आधारभुत विद्यालयमा पाँच कोठे, लेलेपकै देउराली आधारभुत विद्यालयमा दुई कोठे, ईखावुको बिपुधाम आधारभुत विद्यालयमा दुई कोठे, ईखावुकै सेवालुङ आधारभुत विद्यालयमा दुई कोठे र लेलेपको लावाजिन आधारभुत विद्यालयमा दुई कोठे भवन निर्माण गरिएका छन् । लुङ्थुङमा ४९ लाख ४० हजारको लागतमा दुई वटा पाँच कोठे, देउरालीमा १५ लाख ३९ हजारमा ठुलो हल भएको एक कोठे र बाँकी सबै बिद्यालयमा दुई कोठे पक्कि भवन निर्माण भएका हुन् ।

रिड नेपालका अनुसार सेवालुङमा १९ लाख ६७ हजार, बिपुधाममा २० लाख ४६ हजार र लावाजिनमा २० लाख ९३ हजार रुपैँया भवन निर्माणमा खर्च भएको छ । भवन निर्माणका लागि दाताले ७५ र समुदायले २५ प्रतिशतको योगदान गरेका थिए । भुकम्प पछि उक्त संस्थाले पठनपाठनलाई नियमित गराउने उद्धेश्यले टेण्ट राखेर अस्थायी भवन निर्माण गरिदिएको थियो । यसरी बनेका अस्थायी भवनमै बसेर पढ्दै आएका विद्यार्थीहरु भने नव निर्मित भवनमा बस्न थालेका छन् ।

नव निर्मित भवनहरुको यसै साता दाताहरुकै उपस्थितीमा उद्घाटन गरिएको हो । हिमालयन ट्रष्ट युके विश्वको तेश्रो अग्लो कञ्चनजंघा हिमालका पहिलो आरोही जर्ज ब्याण्डले स्थापना गरेको संस्था हो ।