पथरी । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थीत कानेपोखरी,जहदा हुदै भौँसाबारी जोड्ने साढे ५ किलोमिटर सडक स्थानीयले बनाउने भएको छन् । कानेपोखरी गाउँपालिकाको कार्यालयले सो सडकलाई कालो पत्रे निमार्णको लागी यसै आर्थिक बर्षमा ५० लाख विनियोजन गरेपछि साढे ५ किलो मिटर सडक बनाउने भएको हो । गाउँपालिकाबाट आर्थिक विनियोजन भएपछि कानेपोखरी–जहदा–भौँसाबारी जोड्ने सडक कालो पत्रे गर्न स्थानीय भोजकुमार श्रेष्ठको अध्यक्षतामा निमार्ण समिति पनि यस अघि नै बनिसकेको छ । सडक निमार्ण समितिले ५० लाख पाएपछि स्थानीयहरुसँग छलफल गरी साढे ५ किलो मिटर सडक बनाउने सहमत भएका थिए । ४० फुट चौडामा २१ फुट चौडा ४० एमएमको कालो पत्रे सडक बन्ने भएको वडाध्यक्ष चरण गुरुङ बताउँछन् । साढे ५ किलो मिटर सडक सम्पन्न गर्न ४ करोड रुपैया रकम लाग्ने हिसाव निकाले पछि चिंसाङ खोला दक्षिण स्थानीय जहदालीबासीले संरक्षण गरेर राखेको क्रसर उद्योगको कच्चा पदार्थ(बालुवा,गिटी) प्रयोग गरी सडक सम्पन्न गरिने निर्णय गरेका छ । सो कच्चा पदार्थलाई २०६० सालमा स्थापना भएको क्रसर उद्योगका मालिक कनैयालाल श्रेष्ठले काम सम्मपन्न गरी क्रसर उठेर जाने बेलामा स्थानीयहरुलाई सुम्पेको थिए । श्रेष्ठले क्रसर उद्योग संचालन गरेबापतको खोलामा स्पर, तटबन्धन लगाएत सम्झौताहरु पुरा गर्न नसके पछि स्थानीय चिसाङ खोला पीडित जहदाली बासीलाई क्षतीपूर्तिबापत छाडेर गएको स्थानीयहरु बताउँछन् । अहिले अन्य पक्षले विरोध गरे पनि साढे ५ किलोमिटर सडक कालो पत्रे निमार्ण गर्न आम सडकका उपभोक्तहरु एकजुट भएका छन् । यस विषयमा नेपाली कांग्रेस पार्टी कानेपोखरीले प्रेस विज्ञप्ती निकाल्दै सो क्रसर उद्योगको कच्चापदार्थ सो सडकमा प्रयोग नगर्न गाउँपालिकासँग माग गरेका छन् । सडक निमार्ण समितिका अध्यक्ष भोजकुमार श्रेष्ठले सडकको काम एक,दुई दिनमै थालनी गर्ने र यो स्थानीयहरुको र सडक उपभोक्तहरुको माग पुरा गरेर छाड्ने बताएका छन् ।